काठमाडौं, (ससं) । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लामो समयदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पर्वत जिल्लाका सभापति खिमप्रसाद भुसालको स्वास्थ्य अवस्था बारे अस्पतालमा स्वयम उपस्थित भइै सोध बुझ गरेका छन् । विहीबार अस्पताल पुगेका नेता खाँडले उनको स्वास्थ्यका विषयमा अस्पतालका चिकित्सक र भुसालसँग सोध बुझ गरेका हन् ।
खाँडसँगै नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, प्रदेश सभा उम्मेद्वार राजेन्द्र तिवारी पनि अस्पताल पुगेका थिए।