काठमाडौं, (ससं) । गोरखाको भिमसेन थापा–४ धावामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६० भन्दा बढी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल धावाको आयोजनामा नेकपासँग रुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उक्त कार्यक्राम नेपाली कांग्रेस गोरखा पार्टी सचिव नन्दु न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, ठाकुर पुडासैनी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा भिमसेन थापा ४ धावा मा ६० जना भन्दा बढी नेपाली नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।