Tuesday, April 22Nepal News Portal
Shadow

एलायन्स नेपाल र हिमाली साईनोद्वारा मणिकामदेवी माविलाई ल्यापटप हस्तान्तरण


काठमाडौं, (ससं) । सामाजिक कार्यगर्दै आएका संघसंस्थाहरुद्वारा धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटक हस्तान्तरण गरिएको छ । विहिबार एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरी उक्त ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका शिक्षक तथा सूूचना अधिकारी लाल बहादुर गुरुङले जानकारी दिए ।

ती संस्थाहरुले १५ वटा ल्यापटप विद्यालयलाई उपलब्ध गराएको उनले बताए । ‘हाम्रो विद्यालयलाई दुई सहयोगी संस्थाहरुले ल्यापटप दिनु भयो । उहाँहरुको सहयोगले हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाइन मार्पmत पठनपाठन गर्न सहज हुन्छ’, उनले भने ।

चालु आर्थिक बर्षदेखि घार्चे गाउँपालिकाले ‘प्रबिधी मैत्रीसहितको गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा लागु गरेर शैक्षिक गुणस्तिरीयता बढाउने अभियान सुरु गरेको थियो । तर, आवश्यक प्रबिधि भने उपलब्ध गराएको थिएन । यस संस्थाले उपलब्ध गराएको ल्याप्टपले अनलाईन कक्षा सुुरु गर्न सहज हुने बताइएको छ ।

‘कम्प्युटर भएको भएको भए बत्ति जाने बित्तिकै बन्द हुने र बिद्युत पनि बढि खपत हुने भएकोले ल्याप्टपले विद्युुत कम खपत हुनुका साथै बिजुली नहुँदा पनि प्रयोग गर्न सहज हुने प्रध्यानाध्यपक धन बहादुर गुरुङले बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राज गुरुङ बिशेष अतिथि एलायन्स नेपालका कार्यक्रम संयोजक सन्जय साइजु र हिमाली साईनोका निर्देशक धनप्रसाद गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्