सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू,
जय नेपालको न्यानो अभिवादन,
नेपालको राजनीति पृष्ठभूमिमा तपाईंले दिएका हरेक योगदानलाई महत्वपूर्ण मानिन्छ । तर पनि तपाईले बेला बेलामा नेपालको राजनीतिमाथि नै प्रश्न बाचक चिन्ह खडा गर्ने किसिमका अभिव्यक्ति र दोहोरो चरीत्रका कारण चाहि मर्माहित भएको छु । सर्बप्रथम पुनः नेपालको ४१ औं प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिन चाहान्छु । म त्यति विगतमा जान चाहन्न वर्तमानकै अवस्थाका बारेमा केहि कुरा तपाईं र सारा नेपाली नागरिक सामु वकल्न मन लाग्यो । आज विदेशी भूमिमा रहेर लेख्नु परेको भए राम्रो लाग्ने थिएन होला । तर, अहिले नेपाल मै छु । त्यही भएर यो पत्र लेखेको हुँ।
निर्मला पन्त तपाईंको छोरी भएको भए उसको हत्यारालाई यसै गरी छोडनु हुन्थ्यो ?
पावरमा हुनेले जे गरे पनि हुने नियम तपाईहरुले बनाउँनु भएको छ हो ?
तपाईंका यस्ता कुरा खोज्नु हो भने बलत्कार, हत्या, हिम्सा भरस्टचार कति छन् कति । पावरको आडमा बसेर रमाउनेलाई गरिब को पीडा के थाहा।
सुवास न्यौपाने
सामाजिक अभियन्ता