Tuesday, December 3Nepal News Portal
Shadow

ज्योति लाईफको ६६ लाख कित्ता आईपीओमा फागुन २३ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं, (ससं) । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) फागुन २३ गतेदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँमा विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

उक्त आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्