Tuesday, November 11Nepal News Portal
Shadow

काठमाडौंमा फेरि देखियो बर्ड फ्लु


काठमाडौं, (ससं) । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।
एक महिनादेखि काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बर्ड फ्लु भेटिँदै आएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको स्रोतको भनाई छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ। यसअघि तारकेश्वरमा माघ दोस्रो र अन्तिम सातामा बर्ड फ्लु देखिएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्