काठमाडौं, (ससं) । सोच्नुहोला की कसरी हुन्छ ? सानोे डन्डिफोर निचोर्दा यस्तो भनेर तर साच्चैनै फिलिपिन्सकी एक किशोरी मेरी यान रेगा चोले नाकमा आएको डण्डीफोर निचोरेपछि अहिले उनको अनुहार सुन्नि एर बेलून जस्तै भएको छ । नाकको छेउमा आएको सानो डण्डीफोर निचोरे पछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ ।
रेगाको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । गएको सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति नै भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।
उनका श्रीमान “अल्बर्ट सालेस” छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् ।