Sunday, May 19Nepal News Portal
Shadow

यी सेलिब्रिटीको चोरी भयो कुकुर, भेट्टाउने लाई ५ करोड इनाम दिने


काठमाडौं, (ससं) । हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला भएको छ । लस एन्जलसमा लेडी गागाको कुकुर घुमाउने व्यक्ति रायन फिशरमाथि एक व्यक्तिले गोली हानी लेडी गागाका दुई फ्रेन्च बुलडग्स चोरी गरेका छन् । रायनलाई यो हमलापछि अस्पताल लगिएको छ जहाँ उनको स्थिती स्थिर बताइएको छ ।
लस एन्जेलस प्रहरी विभागले एक व्यक्तिलाई राती १० बजे आसपास गोली हानिएको जानकारी दियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्तिले त्यसपछि दुई फ्रेन्च बुलडग्सलाई आफ्नो सेडान गाडीमा लिएर गए । रिपोर्टका अनुसार यी हमलाकर्ताले सेमी अटोमेटिक ह्यान्डगन प्रयोग गरेका थिए ।
गागाका प्रवक्ताले उनका दुई बुल डग कोजी र गुस्ताव हराइरहेको पुष्टि गरेका छन् । यद्यपि, लेडी गागाको तेस्रो कुकुर यो हमलाका बेला त्यहाँबाट भाग्न सफल भएको थियो र यसलाई प्रहरीले गागा भएठाउँ फिर्ता पठाइदिएको छ । गागाले कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई इनाम स्वरुप ५ लाख डलर अर्थात् ५ करोड ७८ हजार दिइने घोषणा गरेकी छिन् ।

Total Page Visits: 600 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्