Monday, February 10Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीले डाके ५ बजे मन्त्रिपरिषद् बैठक


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले वेलुका पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी रहेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । साथै सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो । सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्