रुकुम पूर्व, (ससं) । रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको पेसी २० औं पटक सरेको छ ।
सरकारले २०७४ माघ ११ गते रुकुम पूर्वको सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अस्थायी सदरमुकाम रहेको रुकुमकोट पक्षधर गणेश हमाल, कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले २०७४ माघ १७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरे पनि हालसम्म सुनुवाइ हुन नसकेको हो ।
पछिल्लोपटक बुधबार पेसी तोकिएको थियो । फेरि आगामी चैत २७ गतेका लागि पेसी तोकिएको छ ।
Total Page Visits: 711 - Today Page Visits: 1