Thursday, April 18Nepal News Portal
Shadow

अछाममा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


काठमाडौं, (ससं) । अछाममा एक जना ब्यक्तिले आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आमा ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका हुन् ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

Total Page Visits: 777 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्