Wednesday, September 18Nepal News Portal
Shadow

आज केही स्थानमा वर्षाको सम्भावना


काठमाडौं, (ससं) । पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ।

पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको छैन। हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सुरकुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस रहेको छ। रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्