Wednesday, December 6Nepal News Portal
Shadow

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार


काठमाडौं, (ससं) । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको छ । जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबारको (हिजो) तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिए पनि खतरामुक्त भने छैन ।
शनिबार (आज) बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डा. झाले बताएका छन् । शनिबार बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छोडेको पनि उनले बताएका छन् । आज हामीले न्युरोलोजी एसेस गरेका छौं । बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छाडेका छौं । आज उहाँको स्पोन्टेनियस रेस्पिरेसन रेट ६–७ वटा छ । सामान्यतया हुनुपर्ने १२-१५ वटा हो । उहाँमा यो ५० प्रतिशत देखिएको छ ।
त्यस्तै दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको डा. झाले बताए । शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न,’ उनले भने ।

Total Page Visits: 657 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्