कपिलवस्तु,(ससं) । श्रीमती घर नभएको बेला आफ्नै ५ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका–१ दोबाटो निवासी २५ बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरीले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।