काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ। देशभर हालसम्म ९६७ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ।