काठमाडौं, १७ असोज (ससं) । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ । संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै ट्रम्प अस्पताल भर्ना भएका हुन्।
ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो। राष्ट्रपतीय चुनावको ठीक एक महिनाअघि ट्रम्प कोरोनाबाट संक्रमित भएका छन् । उनी दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडनसँग प्रतिस्पर्धामा छन्। बीबीसी