काठमाडौं, (ससं) । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण शेयर (आईपीओ) को नतिजा हेर्न नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । सिडिएससीका अनुसार अब आईपीओको रिजल्ट http://www.iporesult.cdsc.com.np वेवसाईटबाट सजिलै हेर्न सकिने छ ।
यसअघि विभिन्न आर्थिक क्षेत्रसँग सम्वद्ध अनलाइन पोर्टलहरुले आईपीओको नतिजा सार्वजनिक गर्दै आएका थिए । ती अनलाइन पोर्टलहरुलाई नतिजा सार्वजनिक गर्न दिएको भन्दै नियामक निकायको सार्वजनिक आलोचना भएपछि सिडिएससीले आईपीओको नतिजा हेर्न सहज पुरयाउने उद्धेष्यले उक्त नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।
सीडिएससीले लगानीकर्ताहरूको गोपनीयतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम यसअघि नै बनाइसकेको छ । यो नियम पनि शुक्रवार बाँडफाँट भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओबाट नै लागू भइसकेको छ ।