Monday, April 14Nepal News Portal
Shadow

नपुंसकले ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्


काठमाडौं, (ससं) । पुरुषको लिङ्गको उत्तेजना शक्ति नष्ट भएर सम्भोग गर्नमा असमर्थ हुन्छ भने त्यस्तो समस्यालाई नपुंसक भनिन्छ । ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकका अनुसार नपुंसक मानसिक र शारीरिक कारणले हुने गर्दछ ।

मानसिक कारणमा क्रोध, डर, चिन्ता, व्यथा, शोक आदि । नपुंसकताको शारीरिक कारणमा लिङ्गको विकास नुहुनु, अति मैथुन, अप्राकृतिक मैथुन, हस्तमैथुन, लिङ्गमा चोट या आघात लाग्नु, मधुमेह, सिफलिस, गाइनोरिया, वीर्य वेग रोक्नु, उच्च रक्तचाप, धेरै रक्सी र चुरोट खानु, हार्मोन्सको कमी, मोटो हुनु, लिङ्गको नशामा रक्तप्रवाहको कमी, तमाखु, अफिम, भाँग, चरेस जस्तो मादक पदार्थको सेवन आदि हुन् ।

शोकमा मानसिक तनाव हुन्छ । त्यसै कारण लिङ्गमा पूरा रक्त संचार नभएर यो ठूलो र कडा हुँदैन । यसले अस्थायी नपुंसकता उत्पन्न हुन्छ जसको उपचार मनोवैज्ञानिक ढङ्गले गर्न सकिन्छ ।

केही ध्यान दिनुपर्ने कुराहरु

पाचन क्रिया ठीक राख्ने

— सेक्स सम्बन्धमा प्रमाणित जानकारी लिने ।

— आत्मविश्वास बढाउने ।

— संभोग क्रियामा निश्चिन्त भएर प्रशन्न चित्त लिएर ममा पर्याप्त शक्ति छ भन्ने आत्मविश्वास लिने ।

— संभोगको लागि एकान्त, शान्त, सुरक्षित कोठाको छनोट गर्ने जहाँ कुनै प्रकारको चिन्ता, डरले नसताओस् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्