Tuesday, June 18Nepal News Portal
Shadow

गत २४ घण्टामा भारतमा १७ हजार ३४६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जनाको मृत्यु


फाइल तस्वीर

काठमाडौं, (ससं) । भारतमा १ करोड १० लाख ९६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा १ करोड ७ लाख ७३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६६ हजार ७८ रहेको छ ।

Total Page Visits: 626 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्