Tuesday, May 28Nepal News Portal
Shadow

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति?


काठमाडौं, (ससं) । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार ३०० रुपैयाँ रहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Total Page Visits: 693 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्