काठमाडौं, (ससं) । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाएका छन् । आफूसँग रहेर प्रचण्ड र वर्षमान पुनका लागि काम गरेको भन्दै उनले तामाङलाई हटाएका हुन् ।
उनी पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत् थिए । गृहमन्त्रीनिकट स्रोतले भन्यो, “हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।”