Saturday, November 9Nepal News Portal
Shadow

फेवातालको गहिराई बढाउन भोली बाट माटो निकाल्न शुरु गर्ने


काठमाडौं, (ससं) । पानी घटाएको मौका पारेर माटो निकाल्दै फेवातालको गहिराई बढाइने भएको छ । अहिले तालको बाँध मर्मत सम्भार गर्न फेवातालको पानीको सतह घटाइएको हो । पानी घटेको मौकामा सोमबारदेखि फेवातालको गहिराई बढाउने गरि माटो निकाल्ने तयारी भएको हो ।

बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । त्यससँगै संघसंस्थाले पनि माटो निकाल्न दवाब बढाएपछि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालय लगायतका सरोकारवालाको बैठकले तालमा थुप्रिएको माटो निकाल्ने निर्णय गरेको हो ।

अब फेवातालमा संकलन भएको माटो, ढुंगा, गिट्टी, बालुवा बाहिर निकालिने फेवातालमा थुप्रिएको माटो ब्यबस्थापन समितिका संयोजकले जानकारी दिएका छन् । तालमा संकलित ढुंगा, माटो आइतबारबाटै निकाल्न शुरु गर्ने भनिएपनि तयारी नपुगेपछि सोमबारदेखि सुरु हुने उनले बताएका छन् ।

फेवातालबाट १५ हजार घन मिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको सिरान क्षेत्र मानिने फिर्केखोला, हर्पनखोला, खहरेखोला लगायतका क्षेत्रबाट फेवामा मिसिने क्षेत्रबाट माटो निकालिने संयोजकले बताएका छन् ।
संयोजकका अनुसार माटो निकाल्न झन्डै डेढकरोड रुपैयाँ आवश्यक पर्छ । एक्साभेटरको प्रयोग गर्दा करिब २५ लाख रुपैयाँमै काम हुने भएपनि गह्रौ उपकरण गर्न नमिल्ने भएपछि मान्छे लगाएर माटो निकाल्दा झण्डै १ करोड ३३ लाख खर्च लाग्ने अनुमान रहेको रहेको छ ।
फेवातालको गहिराई बढाउन सबै सहमत भएपनि बजेट निकाल्न भने समस्या भएको छ । आर्थिक वर्षको अन्त्यतिर भएकाले प्रदेश सरकार, पोखरा महानगरपालिका, सिंचाई डिभिजन कार्यालय वा अन्य कुनैपनि कार्यालयले बजेट निकाल्न समस्या भएको हो । यद्दपि पोखरा महानगरपालिकाले ५० लाख र प्रदेश सरकारले २५–३० लाख रुपैयाँ बजेट दिने आश्वासन दिएको छ । तर, कसैले पनि तत्काल बजेट निकासा गरिहाल्ने स्थिति नरहेकाले रकमान्तर गरेर मात्र बजेट दिने भनेको श्रोतको भनाई छ । तत्काल बजेट नभएपछि ताल संरक्षण तथा विकास प्राधिकरणको ५ लाखबाट काम शुरु गर्ने तयारी गरिएको संयोजकले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्