Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
कांग्रेस संसदीय दलद्वारा नेपाली कांग्रेसका नेता उप्रेतीको निधन प्रति दुःख व्यक्त – Udhyognews.com
Sunday, April 20Nepal News Portal
Shadow

कांग्रेस संसदीय दलद्वारा नेपाली कांग्रेसका नेता उप्रेतीको निधन प्रति दुःख व्यक्त


काठमाडौं, (ससं) । कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका अग्रज नेता डा. शंकरप्रसाद उप्रेतीको निधन प्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिवार (हिजो) ८६ वर्षको उमेरमा काठमाडौमा निधन भएको हो ।
आईतबार बालकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । उक्त विज्ञप्तिमा भनिएको छ,’पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय रहँदा पटक–पटक जेल जीवन समेत व्यतित गर्नु भएका उप्रेती वि.स. २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले राजनीतिमा मात्र नभएर चिकित्सा क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्नु भएको थियो । वि.स. २०१८ साल देखि चिकित्सकका रुपमा सक्रिय रहनु भएका स्व. उप्रेतीले आर्थिक अवस्था कमजोर विरामीहरुको निःशुल्क उपचार गर्नुहुन्थ्यो’ । उहाँको निधनले चिकित्सा क्षेत्र एवं नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बिज्ञप्तिमा उल्लेख छ । योसँगै कांग्रेस संसदीय दलहरुले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गर्दैै उँहाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथै दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेको समेत विज्ञप्तिमा उल्लेख  छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्