Thursday, April 18Nepal News Portal
Shadow

मैले प्रधानमन्त्री छाड्न मिल्दैन : प्रधानमन्त्री ओली


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पद नछाड्ने र छाड्न नमिल्ने बताएका छन् । हिमालय टिभीका पत्रकार राजेन्द्र बानियाँलाई आइतबार राति दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनका लागि पनि आफूले पद नछाड्ने बताएका हुन् ।

उनले भने, ‘मैले किन छाड्ने, प्रचण्डलाई मनपरी गर्न दिनका लागि ?’ त्यस्तै उनले अहिले पनि सर्वसम्मत नेता, सर्वसम्मत प्रधानमन्त्री आफूँ भएको बताए । पार्टी प्यालेस र बिहे भोजमा जम्मा भएका भीडले बहुमत छ भन्दैमा आफूले नमान्ने बताए। ‘पार्टी प्यालेस, बिहे भोजमा जम्मा भएको भीडले बहुमत छ भन्दैमा हुन्छ ? म प्रक्रियाबाट प्रधानमन्त्री भएको हुँ, प्रक्रियामै गए भैगो नि ओलीले भने।

Total Page Visits: 533 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्