Friday, January 24Nepal News Portal
Shadow

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २५ हजार नाघ्यो


काठमाडौं, (ससं) । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या ५ लाख २५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २८३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २५ हजार ७७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४९ हजार ४१२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९२ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ९६ लाख ९४ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने उपचार गराइरहेका ९० लाख ३५ हजार २६२ जनामध्ये १४ हजार ७८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्