Tuesday, April 23Nepal News Portal
Shadow

पछिल्लो २४ घन्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ। देशभर हालसम्म ९६८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ४९ पीसीआर परक्षिण भएको छ। गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

Total Page Visits: 583 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्