काठमाडौं, १७ असोज (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो पीसीआर परिक्षणबाट ममा पनि कोरोना–पोजेटिभ देखायो ।’
उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई सजग रहन पनि आग्रह गरेका छन् । त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक थापाले पनि आफूलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा सार्वजनिक गरेका छन् ।
Gepostet von Bishnu Rimal am Samstag, 3. Oktober 2020
हिजोको PCR परीक्षणलेममा कोरोना-पोजिटिभदेखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।
Gepostet von Surya Thapa am Samstag, 3. Oktober 2020