काठमाडौं, (ससं) । सुनको मूल्य आज (मंगलबार) तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार (हिजो) ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।
सुनसंगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।