Friday, December 6Nepal News Portal
Shadow

‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन’: राजेन्द्र महतो


काठमाडौं, (ससं) । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका छन्।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताएका हुन् ।
‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हो’, महतोले भने।
‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, दलको नेताबाट हटाउन सक्नुपर्‍यो नि नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भने, ‘ओलीको विकल्प नेकपाबाटै आउँछ के, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ।’उनले भने
उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्ता सहकार्य नहने बताए।

‘दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ’, महतोले भने, ‘या त भन्नुपर्‍यो माधव नेपाल पार्टी, प्रचण्ड–माधव पार्टी, तर मजाक बनाउनु भएन के।’

उनले देशमा नैतिकताको खडेरी देखिएको बताएका छन् । नैतिकता भएको भए केपी ओलीले राजीनामा दिनुपर्ने उनले समेत उनले बताएका छन्।

‘नैतिकतामा राजीनामा मागिँदैन, महसुस भएपछि दिने कुरा हो’, महतोले भने, ‘केपी ओलीमा नैतिकता नै देखिएन।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्