Thursday, May 23Nepal News Portal
Shadow

सरकारले विप्लवसँग वार्ता गर्न वार्ता टोली बनायो


काठमाडौं, (ससं) । सरकारले प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) सँग वार्ता गर्ने भएको छ । वार्ताका लागि सरकारले वार्ता टोली बनाएको छ ।
दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जानकारी दिएको हो ।
आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् । विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।
विप्लव समूहका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

Total Page Visits: 555 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्