काठमाडौं, (ससं) । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा संसद सचिवालयले निर्णय गरी प्रक्रिया अघि बढ्ने बताएका छन् ।
प्रेस संगठन मोरङले आज (मंगलवार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रतिनिधि सभामा जुनसुकै दलले अविश्वास प्रस्ताव दर्ता गरे पनि आफूहरूले समर्थन गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ पाउने बताउँदै उनले भने, ‘सच्चिएर आउनेलाई पार्टीमा ठाउँ छ ।’
आन्दोलनमा रहेका प्रतिगमन विरोधी दलसँग सहकार्य हुने अध्यक्ष नेपालले बताएका छन् । ‘नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीसँग छलफल हुन्छ,’ नेपालले भने, ‘हामी वा जसले अविश्वासको प्रस्ताव दर्ता गरे पनि समर्थन हुन्छ ।’
प्रधानमन्त्री ओलीको ज्यानकै खतरा छ भने नेकपाले रक्षा गर्ने नेपालले बताएका छन् । नेता नेपालले ओली अल्पमतमा रहेको जिकिर गरेका छन् । ४४१ सदस्य संख्या नै बहुमत र आधिकारिक भएको नेपालले बताएका छन् ।