Monday, February 10Nepal News Portal
Shadow

वार्ताको तयारीमा विप्लव समूह


काठमाडौं, (ससं) । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ ।
सरकारले विप्लवसमूहसँग वार्ता गर्न आज (मंगलबार) गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहने गरी दुई सदस्सीय वार्ता समिति बनाएको हो । सरकारका प्रवक्तासमेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले विप्लव नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको जानकारी दिएका छन् ।

मन्त्री गुरुङ्गले सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध समेत हटाउने तयारीमा रहेको बताएका छन् । सरकारले सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिवन्ध लगाएको थियो ।

पछिल्लो समय सरकार र विप्लव नेतृत्वको समूहबीच अनौपचारिक छलफल हुँदै आइरहेको थियो । विप्लवले समेत आफूहरु वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको भन्दै केही दिनअघि विज्ञप्ति जारी गरेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्