Wednesday, April 24Nepal News Portal
Shadow

विप्लव समूहले गठन गर्‍यो वार्ता टोली


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता प्रकाण्डको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा प्रवक्ता प्रकाण्ड सहित दीपक चलाउने रहेका पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ । सरकारसँग वार्ताका लागि विप्लव समूहले केही दिनअघि नै टोली गठन गरेको जनाइएको छ ।
सरकारले यसअघि आजै गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

Total Page Visits: 619 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्