Wednesday, January 15Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि


काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार (आज) मंगलबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ।

देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार १ सय २७ पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्