Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
थप ५० लाख डोज खोप खरिद गर्दै सरकार – Udhyognews.com
Monday, June 16Nepal News Portal
Shadow

थप ५० लाख डोज खोप खरिद गर्दै सरकार


काठमाडौं, (ससं) । नेपाल सरकारले थप ५० लाख डोज कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ ।
सचिव लक्ष्मण अर्यालले मंगलबार (आज) प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।
हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिएका हुन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताएका छन् । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड- १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड रहेको छ ।
३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिए । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्ने पनि उनले भने ।

डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताएका छन् । १८ वर्ष मुनिका बालबालिकाको उमेर समुहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उनको भनाई रहेको छ ।

पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवति महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने समेत उनले जानकारी दिएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्