काठमाडौं, (ससं) । पूर्वी अफगानिस्तानको जलालाबादमा मंगलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेका छन्। एनिकास टिभीका निर्देशक जलमाई लतीफीका अनुसार कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरूलाई गोली हानी हत्या गरिएको हो।
टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए। अहिले सुरक्षाकर्मीले घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ।