Sunday, February 16Nepal News Portal
Shadow

गान्धी आदर्श माध्यामिक विद्यालयमा राजनैतिक हस्तक्षेप, यसलाई बन्द नगरे आन्दोलनमा जाने कांग्रेस इकाईको चेतावनी


काठमाडौं, (ससं) । नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिका इकाई समितिले गान्धी आदर्श माध्यामिक विद्यालयमा राजनैतिक हस्तक्षेप बढ्दै गएकोमा गम्भिर ध्यानाकर्षन भएको बताएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको गान्धी आदर्श माध्यामिक विद्यालयमा पछिल्लो समय राजनैतिक किचलो बढेको भन्दै त्यसलाई चाँडै समाधान नगरे आन्दोलनमा उत्रने इकाईले चेतावनी दिएको छ ।

इकाईले मंगलबार विज्ञप्ति जारी गर्दै ५ महिनादेखि विद्यालयको शिक्षकले तलब नपाएको र विद्यालयको दैनिक खर्चमासमेत समस्या परेको भन्दै यसलाई नगरपालिकाले चाँडै समाधान गर्नुपर्ने बताएको हो ।

‘पछिल्लो समय विद्यालयमा राजनैतिक हस्तक्षेप हाबी हुँदै गएपछि विद्यालय समस्याग्रस्त बन्नु दुःखद पक्ष हो । गान्धी आदर्श विद्यालयमा देखिएको समस्या तत्काल समाधाान गर्न सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छौं । तत्काल समस्याको सम्बोधन नभए हाम्रो इकाई कडा आन्दोलन गर्नसमेत पछि नपर्ने चेतावनीसमेत दिन चाहान्छौं’ विज्ञप्तिमा उल्लेख छ ।

No description available.

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्