Saturday, June 14Nepal News Portal
Shadow

सकियो सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता


काठमाडौं, (ससं) । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ।
सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डां राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।
मंगलबार (हिजो) वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपाबिच बुधबार वार्ता भएको हो। उच्च सुरक्षाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको हो।
वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहाइसहितका विप्लव नेकपाको मागका विषयमा छलफल भएको छ। सरकारले मंगलबार गृह मन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो।
त्यसपछि विप्लव नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने (दीपक) रहेको वार्ता टोली बनाएको सार्वजनिक भएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्