Friday, July 12Nepal News Portal
Shadow

जावलाखेलमा विद्यार्थीको प्रदर्शन


काठमाडौं, (ससं) । कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार जावलाखेलमा जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि सडक अवरुद्ध पारेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग रहेको छ । सोही क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया अञ्जु दाहाललाई बुधबार बिहान नक्खु, बागडोलमा जिपले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्