Tuesday, June 18Nepal News Portal
Shadow

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो । स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँनेछ ।

संसद् पुस्र्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ । एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो ।

Total Page Visits: 485 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्