Wednesday, January 15Nepal News Portal
Shadow

केपी ओलीमाथि प्रचण्ड नेकपाले गर्‍यो अर्को कारवाही


काठमाडौं, (ससं) । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को कारवाही गरेको छ ।
यसअघि पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइएका ओलीलाई बुधबार (आज) बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेताबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । बैठकले ओलीलाई कारवाही गर्ने निर्णय सर्वसम्मत पारित गर्ने स्रोतले जानकारी दिएको हो ।
बुधबारको बैठकमा सबै केन्द्रीय कमिटी सदस्यहरूलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्