Friday, December 6Nepal News Portal
Shadow

दुर्घटना न्यूनीकरणमा जाजरकोट जिल्ला ट्राफिक प्रमुख विश्वकर्माको पहिलो प्राथमिकता


काठमाडौं, (ससं) । जाजरकोटमा भर्खरै सरुवा भएर आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मण विश्वकर्माले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम बाट सरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटमा आएका ट्राफिक प्रमुख विश्वकर्माले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता दिने बताएका हुन्।

उनले ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाई गर्ने समेत बताएका छन् । उनले भने ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख विश्वकर्माले भने ‘सचेतनामुलक कार्यक्रम गर्दापनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताएका छन् ।

ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने विश्वकर्माले बताएका छन् । त्यसैगरी बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धित निकायसँग छलफल भैरहेको उनले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्