मनोज डाँगी
काठमाडौं, (ससं) । सल्यानमा आज (बुधबार) जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चालक सहित तीनजना घाइते भएका छन् । श्रीनगरबाट सिमेन्टे बोकी वनगाढ कुपिण्डे नगरपालिका-१२ स्थित निगालचुलातिर जाँदै गरेको रा१च ४४८ नम्बरको जिप सोही ठाउँको बस्नेत टोल नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका-४ का २१ वर्षीय मुकुण्द बुढाथोकी, जिपमा सवार वनगाढ कुपिण्डे नगरपालिका-१२ निगालचुलाका २० वर्षीय जयबहादुर घर्ती र सोही ठाउँका १८ वर्षीय नेत्रलाल घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य भएको र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीको भनाई छ । जिप सडकभन्दा करिब एक सय मिटर तल खसेको थियो ।
सल्यानमा आज जिप दुर्घटना, चालक सहित तीनजना घाइते
- स
- स
- स