Friday, January 24Nepal News Portal
Shadow

आज फागुन २० गते बिहीबारको तपाईंको भाग्य, राशिफलमा हेर्नुहोस्


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएको धन पाइनसक्छ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला । परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइनेछ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साँझतिर विशेष फाइदा हुनेछ। अध्ययनको गतिले थप उचाइमा पुर्याउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। विशेष भेटघाटले उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आयस्रोत सबल हुनेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। सोखले फजुल खर्च भने बढाउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूलो उपलब्धि नहुन सक्छ। मिहिनेत गर्दा पछिका लागि कामको जग बसाउन भने सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न पनि सकिनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्