काठमाडौं, (ससं) । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार (आज) पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो ।
यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकासमन्त्रीकोभनाई छ । आगामी धानको सिजनका लागि दुई लाख मेट्रिकटन रासायनिक मल मौज्दात रहने उनले दाबी गरेका छन् ।
रासायनिक मलको अभाव नहूने कृषि मन्त्रालयको दाबी
- स
- स
- स