Friday, July 12Nepal News Portal
Shadow

बोलायो नेकपा प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव बारे छलफल हुने


काठमाडौं, (ससं) । नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा दलको बैठक बस्ने छ । संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बताइएको छ ।
यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने प्रचण्ड(नेपाल पक्षीय नेताहरुले बताएका छन् ।
त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै दिउसो १ बजे बस्ने भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्