Tuesday, April 23Nepal News Portal
Shadow

प्रचण्ड संसदीय दलको नेता चयन


काठमाडौ, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका हुन् ।
पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो उनले भने ।
नेकपा प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा दाहाल र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।

Total Page Visits: 539 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्