काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। आज (शुक्रबार) बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले प्रधामन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि एक सय ११ जना सांसदले हस्ताक्षर गरिसकेको सांसद यज्ञराज सुनुवारले जनाकारी दिएका हुन् । उनका अनुसार अझै चार जना सांसदको हस्ताक्षर गर्ने तयारी भईरहेको छ ।
Total Page Visits: 637 - Today Page Visits: 1