Friday, January 24Nepal News Portal
Shadow

फागुन २२ गते शनिबारको राशिफल, तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस्


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम बिग्रने डरले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। बुद्धिको उपयोगले मात्र समस्या सुल्झाउन सफल भइनेछ। अरूको भर पर्दा काम अधुरो रहन सक्छ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनको समय रहेकोे छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूले हात झिक्नाले कामको भार बढ्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रयत्न गर्दा लक्ष्य प्राप्तिको योग रहेको छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। परिस्थितिवश केही चुनौती देखा पर्नेछन्। चिताएका काम योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने समय छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने समय छ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। नयाँ काम थालनी हुन सक्छ। प्रयत्न गर्दा नाम, दाम र इनाम हातलागी हुन सक्छ। प्रतिफल हातपार्न केही समय भने लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काम स्थगित हुनाले मन खिन्न हुनेछ। तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्