Saturday, November 25Nepal News Portal
Shadow

बुटवल मोतिपुरको औद्योगिक करिडोर शिलान्यास प्रति खाँणको आपत्ति


 

काठमाडौं, (ससं) । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलको मोतिपुरमा जनताको मागको उचित सम्बोधन नगरी जबरजस्तीढङ्गले वल प्रयोग गरी औद्योगिक करिडोरको शिलान्यास गरेकोमा आपत्ति जनाएका छन् । खाँणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनताको चित्त दुःखाएर गरिएको विकासको औचित्य नहुने भन्दै त्यस तर्फ सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

जनताको उचित व्यवस्थापन र मागलाई सम्वोधन गरी विकास कार्य अगाडि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

‘रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा औद्योगिक करिडोर निर्माण गर्ने चाहना वुटवलबासी सबैको नै हो’, विज्ञप्तिमा उल्लेख छ, ‘बुटवल उपमहानगरपालिका स्थित मोतिपुरमा लामो समयदेखि बसोबास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्ने ठाउमा जवरजस्ती त्यहाँका जनताको सहमति विपरित मोतिपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्य प्रति गम्भिर ध्यान आकर्षण भएको छ ।’

मोतिपुरका जनताको विमति हुदाहुदै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जवरजस्ती ढङ्गले उक्त औद्योगिक करिडोरको शिलान्यास गरेका थिए । खाँडले उक्त कार्यक्रममा प्रहरीको दमनमा परि घाइते भएका स्थानीयवासी र सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Total Page Visits: 596 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्